गायक धितालको स्वरमा ´दुखी रहेछ जिन्दगी` गीत बजारमा

मेचीनगर, २५ चैत । नवोदित गायक जीवन धितालको स्वरमा रहेको ´दुखी रहेछ जिन्दगी` गीत सार्वजनिक भएको छ ।
गीतकार विरही अधिकारीको शब्द रचना रहेको गीतमा हरी पौडेलले संगीत दिएका छन् ।
कलाको माध्यमबाट जीवन गुजार्न नेपाली समाजमा व्यहोर्नुपर्ने सकस गीतको पार्श्व दृश्यमा उतार्न खाेजिएकाे छ ।
गीतमा समावेश नेपाली समाजमा साहित्यकारहरुले आफ्नो सिर्जना पस्कन झेल्नुपरेको संघर्षको दृश्यले दर्शकलाई मन्त्रमुद्ध बनाउँछ ।
सांगातिक क्षेत्रमा अनवरत जीवन खर्चेका सर्जकको उपस्थितिले गीतको ओज बढेको पाठकहरुकाे बुझाइछ ।
गीतकाे केही दिनअघि भद्रपुर स्थित एयरपोर्ट होटलको सभाहलमा भव्य कार्यक्रमका साथ लाेकार्पण गरिएको थियो ।
गीतलाई शुक्रवार ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
कृष्ण अनमोलले भिडियो निर्देशन गरेको गीतको एरेन्जर ध्रुव आचार्य रहेका छन् ।

एडी रेकर्डिङ स्टुडियो काँकरभिट्टामा रेकर्ड गरिएको गीतलाई सिलिगुडीमा मिक्सिङ गरिएको थियाे ।

सुधिरसिंह बराइली रेकर्डिष्ट रहेको गीतमा कलाकारहरु कृष्ण अनमोल, सृष्टि आचार्य, महेन्द्र कोइराला, अर्जुन खरेल, सनम शाह शंकर, रोनी सुन्दास लगायतको अभिनय रहेकाे छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started